एजेन्सी। इंलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले १–१ गोलको बराबरी खेलेका छन्। खेलको ६३ औं केहिली इआनाचोले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए।
त्यसको तीन मिनेटपछि फ्रेडले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई बराबरीमा फर्काए। यस बराबरसँगै म्यानचेस्टरको च्याम्पियन्स लिगमा छनोट हुने संभावना थप कमजोर बनेको छ। म्यानचेस्टरले ३० खेलबाट ५१ अंक बटुलेको छ।
जबकी, चौथो स्थानमा रहेको आर्सनलले २८ खेलबाट ५४ अंक बटुलिसकेको छ। त्यस्तै, पाँचौं स्थानको टोट्टेनह्याम युनाइटेडको २९ खेलबाट ५१ अंक छ।
लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ७०, दोस्रो स्थानको लिभरपुलको ६९ र तेस्रो स्थानको चेल्सीको ५९ अंक छ। प्रिमियर लिगमा उत्कृष्ट चारभित्र पर्ने टिम च्याम्पियन्स लिगका लागि छानिन्छन्।
यता, लेस्टर सिटी २८ खेलबाट ३७ अंक बटुल्दै लिगको नवौं स्थानमा छ।
Facebook Comment
Comment