बेपत्ता युक्रेनी पत्रकार किभनजिकै मृत अवस्थामा फेला

नेपालभ्युज

बेपत्ता युक्रेनी पत्रकार किभनजिकै मृत अवस्थामा फेला

एजेन्सी। युक्रेनले शनिबार फोटोग्राफर तथा वृत्तचित्र निर्माता मक्स लेविन राजधानी कीभ नजिकै मृत अवस्थामा फेला परेको जनाएको छ।
दुई साताअघिदेखि सार्वजनिक रूपमा नदेखिएका उनलाई रुसी सेनाले हत्या गरेको आरोप यूक्रेनी राष्ट्रपतिका सहयोगी आन्दे्र यार्माकले दावी गरेका थिए।

राष्ट्रपति सहयोगी आन्द्रे यार्माकले टेलिग्राममार्फत् जारी विज्ञप्तिमा भने, “लेविन कीभ क्षेत्रमा मार्च १३ मा युद्ध क्षेत्रबाट हराएका थिए। उनको शव अप्रिल १ मा गुटा मेझिगिर्स्का गाउँ नजिकै फेला परेको छ।”

टेलिग्रामको वक्तव्यमा भनिएको छ, “प्रारम्भिक अनुसन्धानबाट सशस्त्र म्याक्सिम लेविनलाई दुईवटा गोली प्रहार गरी रुसी सशस्त्र बलका सैनिकहरूले मारेका भेटिएको छ।”

यूक्रेनले केही दिन पहिले नै युद्धको रिपार्टिङ्ग गर्ने शिलशिलामा लेविनलाई रूसी सेनाले ‘कब्जामा लिई बेपत्ता’ बनाएको बताएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved