भद्रकुमारी घले सम्मानित

नेपालभ्युज

भद्रकुमारी घले सम्मानित

काठमाडौं । प्रेमध्वज प्रधान फाउण्डेशनले राजनीतिज्ञ भद्रकुमारी घलेलाई सम्मान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले सम्मान गर्दै राजनीति, साहित्य र समाजसेवाका माध्यमबाट घलेले महिला सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्।

लामो समयदेखि घलेले सामाजिक न्यायका साथै महिला अधिकारका क्षेत्रमा पु¥याएका योगदान सबैका लागि अनुकरणीय रहेको विचार व्यक्त गर्दै उनले राष्ट्रले पनि उनको अभिनन्दन गर्नुपर्नेमा जो दिइन्।

बुद्ध शान्त पार्क तथा निर्माण समितिका अध्यक्ष शान्ताबहादुर शाक्यले समाजका विभिन्न क्षेत्रबाट मुलुकको विकास र समृद्धिमा कार्य गर्न सकिने विश्वास व्यक्त गरिन्।

नेपाल पत्रकार महासङ्घअन्तर्गत आमसञ्चार तथा प्राज्ञिक विभागका सदस्य एवं समाजवादी प्रेस सङ्गठनका कोषाध्यक्ष कृष्णराज गौतमले फाउण्डेशनले प्रेमध्वज प्रधानका विविध आयामबारे खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिइन्। नारायणगोपाल, तारादेवीलगायत पुराना स्रष्टाका स्मृतिमा फाउण्डेशनले कार्य गर्ने जनाइएको छ । उक्त कार्यक्रममा बौद्ध साहित्यमा आधारित चलचित्र ‘उतरा’ को शुभ मुहर्त गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved