असनमा ‘पाहाँ चःह्रे’को खट जुधाउँदाको रौनक, घरघरबाट फालियो चटामरी (फोटोसहित)

तीन वटा खट जुधाएर एक अर्कालाई आदर र सम्मान प्रकट गरियो। यस्तै तीनै खटबाट चिलाख साटासाट गरिएको थियो। घरघरबाट चटामरी फाले। चटामरी पाउनेलाई लाभ हुने जनविश्वास रहेकाले फाल्ने संस्कृति रहेको स्थानीयले बताए।

नेपालभ्युज

असनमा ‘पाहाँ चःह्रे’को खट जुधाउँदाको रौनक, घरघरबाट फालियो चटामरी (फोटोसहित)

काठमाडौं। सधैंभर किनमेलको लागि व्यस्त रहने काठमाडौँको असन बजारमा शनिबार भने बेग्लै रौनक थियो। भीड त थियो, तर, किनमेलको थिएन। पाहाँ चह्रेको अन्तिम दिन दिउँसो देवीको खट जुधाउने जात्रा थियो।

रातो, नीलो र पहेँलो गरी तीन वटा रङ्गका टोपी र कपडा लगाएकाहरूले असनको मुख्य चोकमा भेला भएर ‘द्य ल्वाकिगु’ जात्रा मनाए। अजिमा दिदी बहिनी: लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई खट जात्रा गरी असन पुर्‍याएर जात्रा गरियो।

तीन वटा खट जुधाएर एक अर्कालाई आदर र सम्मान प्रकट गरियो। यस्तै तीनै खटबाट चिलाख साटासाट गरिएको थियो। घरघरबाट चटामरी फाले। चटामरी पाउनेलाई लाभ हुने जनविश्वास रहेकाले फाल्ने संस्कृति रहेको स्थानीयले बताए।

के हो पाहाँ चह्रे जात्रा?

हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकावासीहरू पाहाँ चह्रे मनाउने गर्छन्। स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो। कसैले यसलाई पासा चह्रे पनि भन्ने गर्छन्। नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी हो। चह्रे चन्द्रमासको क्यालेन्डर अनुसार चौधौँ दिनलाई भनिन्छ।

पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठहरुमा पूजा गरिन्छ भने साँझ भष्मासुरको डरले लुकेर बसेका भनिने महादेवलाई पूजा गरिन्छ। घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved