भारत भ्रमणअघि प्रधानमन्त्रीले वास्ता नगरेको भन्ने ओलीको भनाइ झूटो हो- प्रवक्ता महत

‘‘प्रधानमन्त्रीजीले कुराकानी पनि गर्नुभएन। छलफलमा बोलाउनुभएन। फोनसमेत गर्नुभएन। वास्तै गर्नुभएन भन्ने जुन प्रचार एमाले अध्यक्ष ओलीका निकटस्थहरूबाट भइरहेको छ। त्यो असत्य हो,’’ डा महतले भने।

नेपालभ्युज

भारत भ्रमणअघि प्रधानमन्त्रीले वास्ता नगरेको भन्ने ओलीको भनाइ झूटो हो- प्रवक्ता महत

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमण पूर्व प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षलाई वास्ता नगरेको भन्ने आरोपको खण्डन गरेका छन्।

शनिवार बिहान नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा काठमाडौंमा आयोजित दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफम्याराथन प्रतियोगिता पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै महतले त्यसो नभएको बताए।

‘‘प्रधानमन्त्रीजीले कुराकानी पनि गर्नुभएन। छलफलमा बोलाउनुभएन। फोनसमेत गर्नुभएन। वास्तै गर्नुभएन भन्ने जुन प्रचार एमाले अध्यक्ष ओलीका निकटस्थहरूबाट भइरहेको छ। त्यो असत्य हो,’’ डा महतले भने, ‘‘उहाँले म बाहिर हुन्छु। आउन सक्दिन भन्नुभयो। आफू आउन नसक्ने।आउँदिन भन्ने अनि अहिले आरोप लगाउने ?’’

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका डा महतले कांग्रेसले देशको हित र देशको आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्दै आएको उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved