काठमाडौं। यातायात व्यवस्था विभागले असाेज ११ गतेदेखि दशैंकाे अग्रिम टिकट बुकिङ खाेल्दैछ। बिहीबार यातायात व्यवसायी र महानगरीय ट्राफिक प्रहरी महाशाखासँग समन्वय गरी विभागले दशैंकाे अग्रिम टिकट खाेल्ने निर्णय गरेको हो।
प्रत्येक वर्ष दशैंमा काठमाडौंबाट करीब २० लाख मानिस बाहिरिन्छन्। कोभिड संक्रमणका कारण अघिल्लाे वर्ष उक्त संख्या घटेर ७ लाखमा सीमित भएकाेमा यस वर्ष पुन: काठमाडौंबाट बाहिरिने संख्या बढ्ने अनुमान गरिएकाे छ।
आफू जाने गन्तव्यकाे भाडा थाहा नहुँदा दशैंकाे बेला टिकटमा कालोबजारी भई धेरै यात्रु ठगिने गरेका छन्। तर विभागले समायोजन दरसहित सबै रुटमा चल्ने सार्वजनिक यातायातकाे समायाेजित मूल्यसूचि प्रकाशन गरेकाे छ।
सरकारले गत असार २९ गते अन्तरप्रदेशमा चल्ने सार्वजनिक यातायातकाे भाडा २८ प्रतिशतले वृद्धि गरेकोमा साेहीअनुसार अहिले दशैंमा घर जाने यात्रुहरूले सार्वजनिक यातायातकाे भाडा तिर्नुपर्नेछ।
यस्ताे छ सबै रुटकाे समायोजित भाडादर
Facebook Comment
Comment