माली सेनाको कारबाहीमा मारिए २०० भन्दा बढी विद्रोही

समाचारअनुसार माली सेनाले पनि ५१ आतङ्ककारीलाई हिरासतमा लिएको छ र ठूलो संख्यामा हतियार बरामद गरेको छ।

नेपालभ्युज

माली सेनाको कारबाहीमा मारिए २०० भन्दा बढी विद्रोही

एजेन्सी। माली सेनाले देशको मध्य भागमा गरेको सैन्य कारबाहीमा २०३ जना आतङ्ककारीको निधन भएको छ। माली सेनाको एक अपरेसनका क्रममा उक्त संख्यामा आतङ्ककारीको निधन भएको हो।

समाचार एजेन्सी फ्रान्स–प्रेसले माली सेनालाई उद्धृत गर्दै उक्त अपरेशन २३–३१ मार्चमा मोरा क्षेत्रमा गरिएको उल्लेख गरेको छ।

समाचारअनुसार माली सेनाले पनि ५१ आतङ्ककारीलाई हिरासतमा लिएको छ र ठूलो संख्यामा हतियार बरामद गरेको छ।

सन् २०१२ मा तुआरेग लडाकूहरूले देशको उत्तरी भागमा ठूलो भूभाग कब्जा गरेपछि मालीको अवस्था अस्थिर भएको थियो।

इस्लामवादीहरूको गतिविधि, लिबियाका पूर्वनेता मुअम्मर गद्दाफीप्रति वफादार सेना र फ्रान्सेली हस्तक्षेपका कारण द्वन्द्व झन् बढ्दै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved