अस्पताल अगाडि शिशुको टाउकाेबिनाको शव लिएर कुकुर घुमेपछि…

नेपालभ्युज

अस्पताल अगाडि शिशुको टाउकाेबिनाको शव लिएर कुकुर घुमेपछि…

सुर्खेत । कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेत परिसरमा शनिबार बिहान करिब ७ बजेतिर शिशुको मृत शव भेटिएको छ। त्यहाँ एउटा कुकुर मृत शिशुलाई बोकेर घुमिरहेको थियो।

टाउको बिनाको शिशुको शव कुकुरले अस्पताल वरिपरि घुमाइरहे पनि कहाँबाट कुकुरले बच्चा भेट्यो र कसको बच्चा हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन।

अस्पतालमा बिरामीको कुरुवा बसेका वीरेन्द्रनगरका हरि कँडेलले फोटो खिचेर फेसबुकमा हालेपछि अहिले हल्ली चल्ली नै मच्चिएको छ। बिहान ७ बजेतिर एउटा मृत शिशुलाई टाउको नभएको अवस्थामा कुकुरले दाँतमा च्यापेर अस्पतालभित्रै ल्याएको कँडेलले बताए।

”शिशुको टाउको थिएन, शरीर मात्रै कुकुरले दाँतमा च्यापेर अस्पताल वरिपरि घुमिरह्यो ।” उनले भने,”धेरै मान्छेको भीड देखेपछि कुकुर सडकतिर लाग्यो।”

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले घटनाका विषयमा आफूलाई जानकारी नभएको बताए। उनले यस घटनाबारे अनुसनधान गरिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved