‘द हण्ड्रेड’को ड्राफ्टमा परे सन्दीप

द हण्ड्रेड २०२२ को ड्राफ्टमा कुल २८४ विदेशी र २५० घरेलु खेलाडी परेका छन्। जसमा सन्दीप ६० हजार पाउण्ड मूल्य रहेको क्याटागोरीमा परेका हुन्।

नेपालभ्युज

‘द हण्ड्रेड’को ड्राफ्टमा परे सन्दीप

काठमाडौं। नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने इंल्याण्डको फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिता ‘द हण्ड्रेड’को ड्राफ्टमा परेका छन्। ड्राफ्टबाट लिग खेल्ने खेलाडीहरुको अन्तिम छनोट भने आगामी सोमबार हुनेछ।

द हण्ड्रेड २०२२ को ड्राफ्टमा कुल २८४ विदेशी र २५० घरेलु खेलाडी परेका छन्। जसमा सन्दीप ६० हजार पाउण्ड मूल्य रहेको क्याटागोरीमा परेका हुन्।

आठ टिम सहभागी लिगमा धेरै खेलाडी रिटेन भएका छन् भने यो ड्राफ्टबाट ४२ खेलाडी मात्र छानिने छन्। जसमा पनि विदेशीको कोटा १७ मात्र छ।

गतवर्ष पनि सन्दीप द हण्ड्रेडका लागि छानिएका थिए। तर भिसा समस्याका कारण उनले प्रतियोगिता खेल्न पाएका थिएनन्।

द हण्ड्रेड इंल्याण्ड तथा वेल्स्को क्रिकेट बोर्डले गत वर्षदेखि थालेको नयाँ शैलीको फ्रेन्चाइज लिग हो। यो प्रतियोगिताका खेलहरु १०० बलको हुन्छ। त्यसैले द हण्ड्रेड नाम दिइएको हो।

छोटो फम्र्याटको क्रिकेट प्रतियोगिताको लोकप्रयिता बढेका कारण इंल्याण्डले टी–२० भन्दा पनि छोटो फम्र्याटको अवधारणमा यो लिग आयोजना गर्न थालेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved