विशाल राई बाहिरिए, नवयुग र विकास खवासको पुनरागमन

नेपालभ्युज

विशाल राई बाहिरिए, नवयुग र विकास खवासको पुनरागमन

काठमाडौं। एएफसी एशियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतमा हुने छनोटका लागि मुख्य प्रशिक्षक अलमुताइरीले २४ खेलाडीलाई बोलाएको जनाएको छ। प्रारम्भिक टोलीको घोषणा हुँदा नेपाली टोलीबाट नियमित सदस्य तथा मिडफिल्डर विशाल राई टोलीबाट बाहिरिएका छन्। यस्तै फरवार्ड नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवासले पुनरागमन गरेका छन। आर्मीका खेलाडीद्वय नवयुग र विकास चोटका कारण पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए।

एएफसी एशियन कप छनोटका लागि नेपालले २ वैशाखबाट बन्द प्रशिक्षण थाल्ने एन्फाले जनाएको छ। मोफसलमा भइरकेका प्रतियोगिता र शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रले एएफसी कप छनोट–२०२२ को प्ले अफ खेल्ने भएकाले प्रशिक्षण केही पछिबाट मात्र सुचारु हुनेछ। कुवेतमा हुने एएफसी एशियन कप छनोटमा नेपाल समूह ‘ए’ मा छ। समूह ए मा आयोजक कुवेतसँगै इन्डोनेशिया र जोर्डन छन्।

एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले अघिल्लो साता थाइल्यान्ड भ्रमण गरेको थियो। जसमा नेपालले थाइल्यान्डको राष्ट्रिय टोली र त्यहाँको शीर्ष डिभिजन क्लबलाई नतिजा सुम्पिएको थियो।

नेपालले एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ। जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एशियन कप २०२३ का लागि योग्य हुनेछन्। हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एशियन कप २०२३ मा छनोट हुने छन।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ। नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ। दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्दा अन्तिम खेल नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

यस्तो छ २४ सयदस्यीय टोली

किरण कुमार लिम्बू (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुस घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी र तेज तामाङ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved