नाट्टा सचिवमा प्रज्ञा शर्माको उम्मेदवारी, भन्छिन्ः हामीसँग स्पष्ट भिजन छ

नेपालभ्युज

नाट्टा सचिवमा प्रज्ञा शर्माको उम्मेदवारी, भन्छिन्ः हामीसँग स्पष्ट भिजन छ

काठमाडौं। युवा पर्यटन व्यवसायी प्रज्ञा शर्माले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स नाट्टाको निर्वाचनका लागि सचिव पदमा उम्मेदवारी दिएकी छन्। उनले व्यवसायी शर्माले विनय बस्नेतको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएकी हुन्।

बिहीबार राजधानीमा नाट्टाको भावी नेतृत्वका लागि निर्वाचन हुँदैछ।

उम्मेदवार शर्माले विपक्षी प्यानलबाट सचिव पदमा नै उम्मेदवारी दिएकी युविका भण्डारीसँग प्रतिस्पर्धा गर्दैछिन्। भण्डारी अर्का अध्यक्षका दाबेदार रमेश थापाको प्यानलबाट चुनावी मैदान उत्रिएकी हुन्। पर्यटन व्यवसायी शर्मा समग्र पर्यटन क्षेत्रको हकहितका साथै व्यावसायिकता र पर्यटन क्षेत्रै एक पुरानो संस्था नाट्टाको संस्थागत सुधारका लागि सचिवमा आफूले उम्मेदवारी दिएको बताइन्।

शर्मा एडभेन्चर आउटडोर एक्सकोर्सन प्रालिका सञ्चालक हुन् भने हाल नाट्टाको प्रबन्ध निर्देशकको भूमिकामा छिन्। विशेषतः टुर तथा ट्राभल्सको क्षेत्रमा काम गर्ने शर्मा होटल तथा पर्यटन व्यवसायमा समेत निकै सक्रिय छिन्।

नेपाली पर्यटन क्षेत्रको विकास र पुनर्उथ्थानका लागि आफ्नो समूहसँग स्पष्ट भिजन भएकाले सबैलाई मतदानका लागि बसनेत समूहबाट सचिवकी उम्मेद्वार बनेको उनले बताइन्। भनिन्, “हामीसँग स्पष्ट भिजन छ। हाम्रा एजेण्डाहरू पनि स्पष्ट छन्। मतदान गरी थिलथिलो बनेको पर्यटन क्षेत्रको पुनर्उथ्थानका लागि सहयोग गनुहोस्।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved