नारायणहिटी संग्रालयको श्रीपेच तोडफोड गर्न खोज्ने पक्राउ

नेपालभ्युज

नारायणहिटी संग्रालयको श्रीपेच तोडफोड गर्न खोज्ने पक्राउ

काठमाडौं। नारायणहिटी दरबार संग्रालयमा राखिएको श्रीपेच तोडफोड गर्न खोज्ने एक जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।

शुक्रबार दिउँसो १२ बजे श्रीपेच राखिएकाे सिसा तोडफोड गर्न खोज्ने रुकुमका खिमबहादुर घर्तीलाई नियन्त्रणमा लिइएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

‘‘सिसा तोडफोड गरेर श्रीपेचमा क्षति पुर्याउन खोजेको देखियो,’’ उनले भने, ‘‘हामीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved