जनकपुर–जयनगर रेल: आउँदो शनिवारदेखि यात्रुसहित गुड्ने

१९ महिनाअघि भारतबाट ल्याइएका दुई थान रेल शनिवारदेखि यात्रुसहित गुड्ने भएका छन्। चैत १९ गते शनिवार रेल उद्घाटनपछि यात्रुसहित गुड्ने भएको हो।

नेपालभ्युज

जनकपुर–जयनगर रेल: आउँदो शनिवारदेखि यात्रुसहित गुड्ने
फाइल तश्वीर

काठमाडौं। १९ महिनाअघि भारतबाट ल्याइएका दुई थान रेल शनिवारदेखि यात्रुसहित गुड्ने भएका छन्। चैत १९ गते शनिवार रेल उद्घाटनपछि यात्रुसहित गुड्ने भएको हो। लामो समयदेखि पार्किङमा रहेका ती रेल फागुन १ गतेदेखि यात्रु नबोकी गुडिरहेका थिए, अब भने रेलमा यात्रा गर्न पाइनेछ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले रेलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमिटर खण्डमा यात्रुसहित रेल चल्न थाल्नेछ। सिटमा बसेर र उठेर ती रेलमा करिब २ हजार ६०० यात्रुले एकै पटक यात्रा गर्न सक्छन्।

चैत १८ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने कार्यक्रम छ। देउवा भारत भ्रमणमा रहेका बेला नै रेल उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

२०७७ असोजमा ल्याइएका दुई थान रेल माघ अन्तिमसम्म पार्किङमै थिए। कानून, कर्मचारी र बजेटको अभाव देखाउँदै रेल सञ्चालनको तिथि पटक–पटक सारिएको थियो। कानुनी बाधा फुकाउन भन्दै तेस्रो पटकसम्म सरकारले रेलवे अध्यादेश ल्याइसकेको छ।

गत साता तेस्रो पटक अध्यादेश जारी भएको थियो। गत बुधवारको नेपाल राजपत्रमा पछिल्लो अध्यादेश प्रकाशित भएको छ। अध्यादेशमार्फत कानुनी बाधा फुकाइएपछि प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेला रेल उद्घाटन गर्ने बाटो खुलेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved