काठमाडौं । जारी आईपीएलको पाँचौं खेलमा राजस्थान रोयल्सले सन राइजर्स हैदरावादलाई ६१ रनको फराकिलो अन्तरले हराएको छ।
महाराष्ट्र क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेटको क्षतिमा सनराइजर्सलाई २ सय १० ठूलो लक्ष्य दिएको थियो। तर सनराइजर्सले पूरा ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ४९ रन बनाउन सक्यो।
राजस्थानका लागि सन्जु सामसनले सर्वाधिक ५५ रन बनाए। २७ बल खेलेका उनले यस क्रममा ५ ओटा छक्का प्रहार गरे। राजस्थानलाई जिताउन युजवेन्द्र चहलले सर्वाधिक ३ विकेट लिए। सनराइजर्सका ऐडन मार्क मार्कारामले नटआउट ५७ रन बनाए पनि अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्।
योसँगै जारी आईपीएलमा सहभागी १० क्लबले पहिलो खेल सकेका छन्। भोलि पौने ८ बजे रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकता नाइट्राइडर्सबीच खेल हुनेछ।
Facebook Comment
Comment