काठमाडौं। अर्थविद् डा.पोषराज पाण्डेले नेपालमा सामाजिक सुरक्षा भत्तालाई भोट माग्ने भाँडो बनाउने काम भएको बताएका छन्।
मंगलबार काठमाडौंमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तिय संस्था परिसंघले आयोजना गरेको बृहत् आर्थिक बहस कार्यक्रममा उनले दक्षिण एशियाका मुलुकहरूमा नेपालमा जस्तो सामाजिक सुरक्षा भत्तामा खर्च कुनै पनि देशले गर्ने नगरेको स्पष्ट पारे।
पाण्डेले नेपाल सरकारले बजेटको १२ प्रतिशत बजेट सामाजिक सुरक्षा भत्ता बाँड्ने गरेको बताए। भने, “बजेटमा नै हेर्ने हो भने सरकारले १२ प्रतिशतभन्दा बढी सामाजिक सुरक्षामा खर्च गरेका छौं। यति खर्च दक्षिण एशियामा कुनै पनि मुलुकमा हुँदैन। सामाजिक सुरक्षामा खर्च गर्ने हामीसँग हैसियत छ। गरीबबाट उठाएको पैसा मनपरी बाँड्न पाइन्छ? वृद्धाभत्ता भोट किन्ने माध्यम भएको छ। सबै वृद्धाहरूलाई भत्ता दिनुपर्ने छन् त ? नेपालमा ७० वर्ष नाघेका गरीब नागरिक पाउन गाह्रो छ। ७० वर्ष पुग्ने सबै धनी हुन्। गरीबबाट उठाएको पैसा धनीहरूलाई बाँडिराख्ने हो? यसरी हामी भोट किन्ने हो? हामीले यसरी पैसा छरेर बाँड्नु हुन्न। यसरी मुलुक माथि उकालो लाग्दैन।”
पाण्डेले सरकारले यसरी भोट किन्न सामाजिक सुरक्षामा पैसा बाँड्ने हो भने मुलुक माथि जान नसक्ने दाबी गरे।
Facebook Comment
Comment