काठमाडौं। अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले पछिल्लो समय रूस र युक्रेन युद्वको कारणले मुलुकको अर्थतन्त्रमा चुनौती देखिएको बताएका छन्।
मंगलबार काठमाडौंमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तिय संस्था परिसंघले आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा सचिव मरासिनीले पछिल्लो समय रूस र युक्रेनबीचको द्वन्द्वको कारण पेट्रोलिय पदार्थ,खाद्यान्न लगायतका बस्तु आयातमा देखिको समस्याले नेपालको अर्थतन्त्रमा ठूलो चुनौती थपिएको बताए।
सचिव मरासिनीले बाहिरी कारणले मुलुकको अर्थतन्त्रमा चुनौती थपिएकाले मुलुकभित्र नै उत्पादन, रोजगारी विकास गर्नु पर्ने देखिएको बताए। अर्थतन्त्रमा परेको दबाबलाई लिएर अर्थमन्त्रालय अत्यन्तै चिन्तित रहेको उनले बताए। सचिव मरासिनीले सकेसम्म सरकार अर्थतन्त्रलाई संकटमा पर्न नदिने कुरामा समेत भएर काम गरिरहेको दाबी गरे।
Facebook Comment
Comment