सुर्खेतमा नेकपा एसको ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेपालभ्युज

सुर्खेतमा नेकपा एसको ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सुर्खेत। नेकपा एकीकृत समाजवादी सुर्खेतले निर्वाचन परिचालन कमिटी बनाएको छ। पार्टीका केन्द्रीय सदस्य एवम् सुर्खेत इन्चार्ज शिवप्रसाद उपाध्यायको संयोजकत्वमा ५०१ सदस्यीय परिचालन कमिटी गठन गरेको हो।

निर्वाचन परिचालन कमिटीमा सुर्खेतबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय एवम् आयोगमा प्रतिनिधित्व सदस्यहरू, केन्द्रीय सल्लाहकार कमिटीका सदस्यहरू, प्रदेश तथा जिल्ला कमिटीका सदस्यहरू लगायत विभिन्न जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू छन्।

आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पार्टीले उठाएका उम्मेद्वारलाई विजयी गराउनेगरी निर्वाचन लक्षित गविविधिलाई तीव्र पार्ने नेकपा एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहनसिंह बडुवालले जानकारी दिए।

छिट्टै पालिका र वडा तहमा पनि चुनाव परिचालन कमिटी गठन गर्ने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved