एजेन्सी । रूस-युक्रेनबीचको समस्या समाधानका लागि टर्कीमा शान्ति वार्ता शुरू भएको छ। रूस-युक्रेन युद्धबीच पहिलो पटक दुवै देशका वार्ताकार भौतिक रूपमा नै उपस्थिति हुँदै वार्तामा सहभागी भएका हुन्।
रूससँग शान्ति वार्ता गर्न युक्रेनको एक प्रतिनिधिमण्डल टर्कीको इस्तानबुल पुगेको थियो। शान्तिवार्ताका लागि युक्रेनको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेजनिकोभ गरेका छन्। यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिलाइल पोडोेलियाक पनि उक्त समूहमा सहभागी छन्।
टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले वार्ताको आरम्भ गर्दै दुवै दक्षलाई शान्ति कायम गर्न आग्रह गरेका थिए। शान्तिवार्तामा सहभागी हुन पुगेका दुवै देशका प्रतिनिधिले एकअर्कासँग हात भने नमिलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्।
शान्तिवार्तामा सहभागी हुन रूसका धनाढ्य रोमन अब्रोमोविच पनि टर्की पुगेका छन्। चेल्सी फुटबल क्लवका मालिक समेत रहेका अब्रोमिविच शान्तिवार्तामा सहभागी हुन टर्की पुगेका हुन्।
यता युक्रेनमा सैन्य तैनाथ गर्ने निर्णय गरेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिवार्ताका लागि स्वीकार गरेसँग युद्धमा पराजय व्यहोरेको स्वीकार गरेको तर्क शुरु भएको छ। युक्रेनसँग युद्ध भएको अवस्थामा केही दिनभित्र नै युक्रेन कब्जामा लिने दाबी गरेको रूसी राष्ट्रपति पुटिनले आफ्नो दाबी असत्य भएसँगै युद्ध रणनीति परिवर्तन गर्ने तयारी गरेको पनि चर्चा छ।
यता टर्कीमा शान्तिवार्ता शुरु हुनुअघि युक्रेनका राष्ट्रपतिले आफू आफ्नो देशलाई तथस्ट राख्ने विषयमा सहमत हुने बताएका छन्। युक्रेनले नेटो सदस्य राष्ट्रको सदस्यता लिन लागेको बताउँदैल रूसले युक्रेन विरुद्ध सैन्य आक्रमण गर्ने निर्णय गरेको थियो।
तथस्ट रहेन स्वीकार गर्ने बताएका युक्रेनी राष्ट्रपतिले रूसी सेनाले युक्रेन छोडेको अवस्थामा जनमत सग्रह भने गर्नुपर्ने बताएका छन्। तथस्ट रहने नरहने विषयमा जनमत संग्रह गर्नुपर्ने उनको तर्क छ।
Facebook Comment
Comment