राजविराज। राजविराज ब्रदर्शलाई पराजित गर्दै सुनिल धमला कप्तानीको तिलाठी कोइलाडी जायन्ट्स राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको चौंथो संस्करणको फाइनल पुगेको छ।
बुधबार हुने फाइनलमा उपाधिको लागि जायन्ट्सले किंग्स राजविराजसंग प्रतिस्पर्धा गर्नेछ। राजविराज द किंग र तिलाठी कोइलाडी जायन्ट्सले लिग चरणमा ४ खेल खेल्दा समान ३ जित र १ हार बेहोर्दै ६/६ अंक बटुले। लिग चरणको समाप्तिमा किंग्स राजविराज, खडक वारियर्स र राजविराज ब्रदर्श क्रमशः तेश्रो, चौंथो र पाँचौ स्थानमा रहे।
राजविराजस्थित राज रंगशालामा सम्पन्न खेलमा तिलाठी कोइलाडीले दिएको १३६ रनको लक्ष्य पछ्याएको राजविराज ब्रदर्शले १८.२ ओभरमा १०५ रन मात्र बनायो। ब्रदर्शको लागि निरज कुमार यादव र सोनु तामांगले समान २४ रन तथा विकास दासले १६ रन योगदान दिए।
तिलाठी कोइलाडीको बलिंगमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४ विकेट लिए जुनक्रममा ४ ओभरमा ३२ रन खर्चिए। यस्तै सुनिल धमलाले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। यस्तै भुवन कार्कीले २ तथा रोहन विश्वकर्माले १ विकेट लिए।
टस जितेर ब्याटिंग गरेको तिलाठी कोइलाडी जायन्ट्सले २० ओभरमा ८ विकेट क्षतिमा १३५ रन बनाएको थियो। जायन्ट्सको लागि विकाश दासले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ४० बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
अविशेक कार्कीले २४ र सुनिल धमलाले २० रन योगदान दिए। ६९ रनमा ७ विकेट गुमेको अवस्थामा विकासले आठौँ विकेटको लागि अविशेकसंग ६२ रनको साझेदारी गरे। राजविराज ब्रदर्शका बलर दिपेश कंडेलले सर्वाधिक ४ विकेट लिए जुनक्रममा ४ ओभरमा १२ रन खर्चिए। विक्रमध्वज कार्की र प्रशान्त सिंहले २/२ विकेट लिए।
Facebook Comment
Comment