देउवा–मोदी भेटवार्ता शनिबार हुने

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका तय भएको छ। शुक्रबारदेखि गर्ने तीनदिने औपचारिक भारत भ्रमण गर्न लागेका देउवाले समकक्षी मोदीसँग भोलिपल्ट भेट्ने भएका हुन्।

नेपालभ्युज

देउवा–मोदी भेटवार्ता शनिबार हुने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका तय भएको छ। शुक्रबारदेखि गर्ने तीनदिने औपचारिक भारत भ्रमण गर्न लागेका देउवाले समकक्षी मोदीसँग भोलिपल्ट भेट्ने भएका हुन्।

परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सोमबार छुट्टाछुट्टै विज्ञप्तिमार्फत भ्रमण तालिका सार्वजनिक गरेका हुन। तालिकाअनुसार देउवाले शनिबार हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।

देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने पनि कार्यक्रम छ । भारतका विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलसँग पनि उनको भेटवार्ता हुनेछ। मोदीले देउवाको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा व्यापारी नेताहरूको भेलालाई सम्बोधन पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। देउवाले आइतबार काठमाडौं फर्कनुअघि बनारसको पनि भ्रमण गर्ने भएका छन्।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीको निमन्त्रणामा भ्रमण गर्न लागेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved