क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट, जमैका ४–० ले पराजित

नेपालभ्युज

क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट, जमैका ४–० ले पराजित

काठमाडौं। क्यानडा ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ। आइतबार भएको उत्तर अमेरिका छनोटमा जमैकालाई ४–० गोलले पराजित गर्दै क्यानडाले विश्वकपमा स्थान पक्का गरेको हो।

विश्वकप यही वर्षको अन्त्यमा कतारमा हुनेछ।

क्यानडाले पछिल्लो पटक सन् १९८६ को विश्वकप खेलेको थियो। ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा क्यानडाका लागि बुचानन, लारिन, होइलेट र मरिआप्पाले गोल गरेका थिए।

छनोटमा अन्तिम खेलअघि क्यानडाको २८ अंक भएको छ। २५–२५ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहेका अमेरिका र मेक्सिकोको पनि छनोट हुने सम्भावना बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved