काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री लक्ष्मण घिमिरेले गणतन्त्रलाई कम्युनिष्टले खाँदै गएका र काग्रेसले साथ दिँदै गएको बताएका छन्।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आज पूर्वमन्त्री नवीन्द्रराज जोशीको प्रथम स्मृति दिवसका अवसरमा लोकतन्त्रमाथि अनेकौं षडयन्त्र भइरहेकाले नेपालमा अझै पनि लोकतन्त्र सुदृढ र सुनिश्चित हुन नसकेको बताएका थिए। नेता पौडेलको अभिव्यक्तिपछि घिमिरले ट्वीटमार्फत यस्तो व्यंग्य गरेका हुन्।
घिमिरले पौडेलको भनाइप्रति कटाक्ष गर्दै लोकतन्त्रमा खतरा काँग्रेसबाट कि ? कम्युनिष्टबाट ? कम्युनिष्ट-काँग्रेसबाट ? भनी प्रश्न गरेका छन्।
उनले थप लेखेका छन्- प्रजातन्त्रलाई लोकतन्त्रले खायो, लोकतन्त्रलाई गणतन्त्रले खायो, गणतन्त्रलाई कम्युनिष्टले खाँदैछन् काँग्रेसले साथ दिँदै छ ! अब फेरि केको गनगन ? उनले फेरि पनि प्रश्न गरेका छन्।
घिमिरे पहिलो संविधानसभामा पौडेल संसदीय दलको नेता छँदा नेपाली कांग्रेसको मुख्य सचेतकसमेत थिए।
Facebook Comment
Comment