काठमाडौं। फोहोर पानी बग्ने भक्तपुरको हनुमानघाट खोला सफा गर्न प्रशोधन केन्द्र बन्ने भएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडाौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को लगानीमा बन्न लागेको प्रशोधन केन्द्रको आज आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्माण काम शुभारम्भ आइतबार गरेका हुन्।
नगरप्रमुखका प्रजापतिका अनुसार प्रशोधन केन्द्र निर्माणले हनुमन्त्ते खोला सुधार गर्नुका साथै सिंगो भक्तपुरकै स्वरूप फेरिन्छ। उनले भने, “२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेमकिपाले जारी गरेको घोषणापत्रमा नगरपालिकालो दुईवटा उपचार पोखरी पुनः सञ्चालन गर्ने उल्लेख गरेको थियो। सोही अनुरूप हनुमानघाट फोहोर पानी प्रशोधन केन्द्र निर्माण हुन लागेको हो। यसले यहाँका स्थानीय बासिन्दाहरूलाई फाइदा पुग्छ।”
आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रति दिन र ११.५७ लिटर प्रति सेकेन्ड रहेको उल्लेख गर्दै हनुमानघाट क्षेत्रमा नदीको जलस्तर उकास्न र वातावरणीय अवस्था सुधार्न नदीको तीन स्थानमा होचो बाँध समेत निर्माण गरिने बताए। उनले भने, “प्रशोधन केन्द्रको निर्माण ६ मार्च २०२२ बाट सुरु भई १५ महिनामा निर्माण सम्पन्न गरी निर्माण कम्पनीले नै ५ वर्ष सञ्चालन तथा मर्मत सम्भार गर्ने बताए।
आयोजना प्रमुख चन्द्रकुमार पाँ श्रेष्ठले १ एम.एल.डी. क्षमता भएको फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिने र प्रशोधन केन्द्र एम.बी.बी. आर प्रविधिबाट सञ्चालन गरिने जानकारी दिए। नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवांले प्राचीन र ऐतिहासिक हनुमानघाट धार्मिक स्थल भएकाले यस ठाउँमा निर्माण हुने फोहर पानी प्रशोधन केन्द्र निर्धारित समयमा डिजाइनअनुसार निर्माण गरिने बताए।
Facebook Comment
Comment