दुर्घटनामा प्रहरीको मृत्यु

नेपालभ्युज

दुर्घटनामा प्रहरीको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। राति ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने रहेका छन्। दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत तनहुँका सुमन सिंहको स्टार अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

गए राति डिउटी सकेर ललितपुर महानगरपालिका–२ बल्खुबाट सातदोबाटो जाने क्रममा न्यौपानेले चलाएको बा ८३ प ८९९५ नम्बर मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको थियो। उनको राती २ः३० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved