पीएनजीसँगको अन्तिम ओडीआईमा टस जितेर ब्याटिङ गर्दै नेपाल

नेपालभ्युज

पीएनजीसँगको अन्तिम ओडीआईमा टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं। नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीचको दोस्रो तथा अन्तिम ओडीआई खेल आज हुँदैछ। टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।

यसअघि भएको खेलमा पपुवा न्युगिनी ६ रनले विजयी हुँदै १-० ले अगाडि छ। उक्त खेलमा नेपाललाई पपुवा न्युगिनीले २ सय ९३ रनको लक्ष्य दिएको थियो। ८ विकेटको क्षतिमा नेपालले जम्मा २ सय ८३ रन मात्रै बनाएको थियो। जसकारण नेपाललाई पपुवा न्युगिनीलाई बराबरीमा रोक्न ‍आजको खेल जित्नैपर्ने दबाब छ। नत्र सिरिजको उपाधि पीएनजीले उचाल्नेछ।

आजको खेलमा नेपालले ब्याटिङक्रम परिवर्तन गरेको छ। फास्ट बलर कमल सिंह ऐरीको ठाउँमा गुलसन झालाई मौका दिइएको छ। ओपनरमा भने कुशल भुर्तेल र अनिल शाह नै रहनेछन्।

नेपाली टिममा कप्तान सन्दीप लामिछानेसहित आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल शाह, विक्रम सोब, सुशान भारी, रोहित पौडेल, पवन सरार्फ, देव खनाल, गुलशन झा र भीम सार्की रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved