स्यवम्भूमा बन्यो धर्मचक्र पार्क

पार्क उद्घाटन गर्दै काठमाडौं महानगरका प्रमुख प्रमुख शाक्यले काठमाडौंलाई मानिसको बसोबास योग्य सांस्कृतिक सहर बनाउन लिएका नीति र बनाइएका कार्यक्रम क्रमशः सम्पन्न हुँदै गएको बताए।

नेपालभ्युज

स्यवम्भूमा बन्यो धर्मचक्र पार्क

काठमाडौं। काठमाडौं महानगरपालिका वडा १५ स्वयम्भू भूइँखेलमा धर्मचक्र पार्क तथा पुलेस्वाँ पोखरी उद्घाटन भएको छ। आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पार्क र पोखरी उद्घाटन गरेका हुन्।

करीब १ करोड ३६ रुपैयाँ केन्द्रीय बजेट र वडाको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ लागतमा पार्क र पोखरी निर्माण भएको हो। यसको सौन्दर्य तथा हरियाली प्रवर्धन गर्न महानगरले थप १ करोड रुपैयाँ विनियोजन गरेको छ। यो ठाउँमा पार्क बनाउन आजभन्दा २० बर्ष अघि नै सोच निर्माण गरिएको थियो।

पार्कमा ३५ फिट अग्लो पोलमा राष्ट्रिय झण्डा राखिएको छ। पार्क उद्घाटनसँगै झण्डा पनि फहराइएको थियो। काठमाडौं महानगरले सम्पदा क्षेत्रभित्र ३५ फिट अग्लो र अन्य कही सार्वजनिक क्षेत्रमा १०३ फिट अग्लो पोलमा राष्ट्रिय झण्डा राखिरहेको छ। यस क्रममा माइतीघर मण्डला, शान्ति वाटिकामा झण्डा राखिसकिएको छ।

पार्क उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख शाक्यले, काठमाडौंलाई मानिसको बसोबास योग्य सांस्कृतिक शहर बनाउन लिएका नीति र बनाइएका कार्यक्रम क्रमशः सम्पन्न हुँदै गएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved