फलोअप उपचारका लागि वर्षमान पुन आज चीन जाँदै

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज फेरि चीन जाँदै छन्।

नेपालभ्युज

फलोअप उपचारका लागि वर्षमान पुन आज चीन जाँदै
फाइल फोटो

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज फेरि चीन जाँदै छन्। उनी केही साता मात्रै फर्किएका थिए। कार्गो विमानमार्फत आज बिहान उनी चिन जाने कार्यक्रम छ।

पुनको साथमा पूर्व सभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि हुने सचिवालयले जनाएको छ। पुन फलोअप गराएर ४ दिनपछि स्वदेश फर्किनेछन्।

पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदै छन्। पुस्तैनी जन्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved