कांग्रेस नेता तथा सीडीओलाई धम्क्याउने एसपीमाथि कारबाही, पदोन्नति रोक्का

नेपालभ्युज

कांग्रेस नेता तथा सीडीओलाई धम्क्याउने एसपीमाथि कारबाही, पदोन्नति रोक्का

जनकपुरधाम। कांग्रेस नेता तथा सीडीओलाई धम्क्याएको आरोपमा निलम्बनमा परेका एसपी हीराबहादुर पाण्डेलाई एक वर्षका लागि पदोन्नति रोक्का गरिएको छ।

प्रहरी प्रधान कार्यालयले विभागीय कारबाहीस्वरूप उनको पदोन्नति रोक्का गरेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी प्रमुख छँदा पाण्डेले गत पुसमा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव तथा सीडीओ लालबाबु कवारीलाई धम्क्याएको उजुरीका आधारमा गृह मन्त्रालयले तीन महीनाका लागि निलम्बन गरिएको थियो।

एसपी पाण्डेले एसपी यादव र सीडीओ कवारीलाई दबाबका भरमा अवधि नपुगी आफ्नो सरुवा गरे फोन गरेर धम्की दिँदै गालीगलौज गरेका थिए। प्रहरी प्रधान कार्यालयले उक्त घटनाको छानबिन टुंग्याएर उनीमाथिको निलम्बन फुकुवा यही साता गरेको छ।

त्यसरी धम्क्याउनु प्रहरी आचरणको गम्भीर उल्लंघन भएको भन्दै गत २० पुसमा उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो।

कांग्रेस सभापति यादवले सरुवा गरिदिन्छु भनेर धम्क्याउँदै आएको र अवधि नपुगी सरुवा गरे पनि आवेगमा आएर उनले फोनमा धम्क्याएको छानबिनबाट पुष्टि भएको छ। यद्यपि घरमै गएर धम्क्याएको भन्ने यादवको आरोप भने पुष्टि भएको छैन।

सीडीओ कवारीसँग पनि उनको विवाद भएको थियो। जसकारण उनले पनि गृह मन्त्रालयमा एसपी पाण्डेविरुद्ध प्रतिवेदन नै बुझाएका थिए।

बयानका क्रममा एसपी पाण्डेले कांग्रेस नेता यादव र सीडीओ कवारीले गैरकानूनी कामका लागि दबाब दिएको र नमानेपछि आफूविरुद्ध लागेको बताएका छन्।

प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले एसपी पाण्डेमाथि कारबाही टुंग्याएर निलम्बन फुकुवा गरिएको पुष्टि गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved