काठमाडौं । नेप्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने औपचारिक दिल्ली भ्रमणको तालिका सार्वजनिक भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० सम्म भारतको भ्रमण गर्ने जानकारी दिएका हुन्।
प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैंकैया नायडूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणको दोस्रो दिन नेपालका प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री मोदीसँग औपचारिक रुपमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
देउवाले भ्रमणकै दौरान उत्तर प्रदेशको धार्मिक सहर बनारसको पनि भ्रमण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवालाई भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले पनि भेट्ने कार्यक्रम रहेको छ।
Facebook Comment
Comment