दुईपाङ्ग्रे सवारी खरीदबिक्रीका लागि एक्सथ्री मोटोफेस्ट हुँदै

यस इभेन्टमा विभिन्न ब्राण्डका स्टलबाट आफूलाई मनपर्ने मोटरसाइकल खरीद तथा पुराना सवारी बिक्री गर्न सकिने छ।

नेपालभ्युज

दुईपाङ्ग्रे सवारी खरीदबिक्रीका लागि एक्सथ्री मोटोफेस्ट हुँदै

काठमाडौं।  ह्वाइट ह्याट इभेन्ट्स एण्ड फोटोग्राफीले नेपाली मोटरसाइकल पारखीका लागि मोटरसाइकल लाइफस्टाइल इभेन्ट एक्सथ्री मोटोफेस्ट आयोजना गर्ने भएको छ। ठमेलस्थित छायाँ सेन्टरमा २२-२५ वैशाखमा  दुई पांग्रे सवारीको प्रदर्शनसहित उक्त कार्यक्रम आयोजना हुन लागेको हो।

यस इभेन्टमा विभिन्न ब्राण्डका स्टलबाट आफूलाई मनपर्ने मोटरसाइकल खरीद तथा पुराना सवारी बिक्री गर्न सकिने आयोजकले जनाएको छ। यसका साथै उक्त इभेन्टमा चर्चित नेपाली कलाकार सबिन राई एन्ड द फारो, मुक्ति एन्ड रिभाइभल तथा अन्य आर्टिस्ट कन्सर्ट समेत आयोजना हुनेछ ।

आयोजकका अनुसार थ्रीएक्स मोटो फेस्टमा मोटरसाइकलसहित एक्सेसरिज, खाना र पेय पदार्थहरूको स्टलहरू पनि हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved