देउवा बालुवाटारबाट चन्द्रागिरि जाँदाको हेलिकोप्टर खर्च १० लाख

वर्तमान सरकारले फजुल खर्चमा रेकर्ड नै तोडेको भन्ने आरोप लागिरहेको बेलामा बुधबार देउवा हेलिकप्टर चढेर गरेर चन्द्रागिरि गएका हुन्।

नेपालभ्युज

देउवा बालुवाटारबाट चन्द्रागिरि जाँदाको हेलिकोप्टर खर्च  १० लाख

काठमाडौं।  प्रधानमन्त्री  शेरबहादुर देउवाले बालुवाटारबाट चन्द्रागिरिसम्म जान हेलिकप्टर प्रयाेग गर्दा  १० लाख रुपैयाँ खर्च भएको छ। नेपाली सेनाको हेलिकप्टर प्रयाेग गरेका उनको हेलिकप्टर भाडा राज्यकोषबाट व्यहोरिने छ।

प्रधानमन्त्री देउवा ‘दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्न बुधबार चन्द्रागिरि पुगेका थिए । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा उद्घाटनका लागि जाँदा देउवाले सेनाको हेलिकप्टर प्रयोग गरेका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छ, कार्यालय सिंहदरबारमा। जहाँबाट चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि हिल्सबीचको दूरी १० देखि १२ किलोमिटर छ।

देउवा चढेर गएका नेपाली सेनाको ‘एनए ०५८’ कलसाइनको हेलिकोप्टर

सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता थियो। तीमध्ये सय जना भौतिक रूपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने कार्यक्रममा प्रधानमन्त्री देउवा करीब तीन घण्टा बिताए।

सेनाको एनए ०५८ कलसाइनको एलएलएच (लाइट लिफ्ट हेलिकप्टर) हेलिकोप्टर चढेर देउवा त्यहाँ गएका थिए।

सैनिक विमान सशुल्क कार्यविधि २०७७ अनुसार १ साउन २०७७ देखि लागू भएको शुल्कअनुसार हेलिकप्टरको भाडा शुल्क ९ लाख ४० हजार ३५ रुपैयाँ हुन आउँछ।

सैनिक विमान सःशुल्क कार्यविधि २०७७

सैनिक विमान सशुल्क कार्यविधि २०७७ मा एलएलएच (लाइट लिफ्ट हेलिकोप्टर) हेलिकोप्टरको भाडा दर प्रतिघण्टा २ लाख ५३ हजार ५४५ रुपैयाँ तोकिएको छ।

यो भाडामा हवाईइन्धन शुल्क २६ हजार, नागरिक उड्डयन प्राधिकरण शुल्क १ हजार १००, अक्युपेशनल भत्ता ३ हजार २००, उडान भत्ता २९ हजार ५०० गरी ३ लाख १३ हजार ३४५ रुपैयाँ हुन आउँछ।

प्रधानमन्त्री देउवा कार्यक्रममा जाँदा हेलिकप्टर झन्डै तीन घण्टा प्रयोग भएको थियो। ‍सोही अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई हेलिकप्टरको भाडा शुल्क ९ लाख ४० हजार ३५ रुपैयाँको बिल पठाइएको सैनिक हवाई महानिर्देशनालयका एक उच्च अधिकारीले नेपालभ्यूजलाई बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved