धोनीले छाडे चेन्नाईको कप्तानी

नेपालभ्युज

धोनीले छाडे चेन्नाईको कप्तानी

काठमाडौं। भारतीय स्टार क्रिकेटर महेन्द्र सिंह धोनीले आईपीएल टिम चेन्नाई सुपर किंग्सको कप्तानी छाडेका छन्। चेन्नाईले आफ्नो आधिकारिक वेभसाइटमार्फत धोनीले कप्तानीको भूमिकाबाट विदाई लिएको घोषणा गरेको छ।

अब उनको ठाउँमा भारतीय अलराउण्डर रविन्द्र जडेजाले आईपीएलमा चेन्नाईको कप्तानी समाल्नेछन्। धोनीले सन् २००८ को आईपीएलको पहिलो संस्करणदेखि नै चेन्नाईको कप्तानी समालेका थिए। यो अवधिमा उनले चेन्नाईलाई चारपटक लिग उपाधि दिलाएका थिए।

कप्तानी छाडे पनि धोनी चन्नाईको खेलाडीको रूपमा भने टिममा रहनेछन्। भारतको राष्ट्रिय क्रिकेट टिमका हालसम्मका सर्वाधिक सफल खेलाडी र कप्तानमध्ये उनी पनि एक हुन्। सन् २०२० मा उनले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए।

नयाँ संस्करणको आईपीएल २०२२ आगामी शनिबारदेखि शुरु हुँदैछ। जसको उद्घाटन खेलमा चेन्नाईले कोलकता नाइट राइडर्सको सामना गर्नेछ। चेन्नाई आईपीएलको डिफेण्डिङ च्याम्पियन टिम हो। विकेटकिपर ब्याटर धोनीकै कप्तानीमा चेन्नाइले गत सिजनको उपाधि जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved