नेपालले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डको सामना गर्दै

नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो। जसमा नेपाल दुवैमा पराजित रहेको थियो। थाइल्यान्डविरुद्धको आजको खेल नेपालका लागि तेस्रो हुनेछ।

नेपालभ्युज

नेपालले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डको सामना गर्दै

काठमाडौं। एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेको नेपालले बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डको सामना गर्दैछ। थाइल्यान्डको चोनबरीमा हुने खेल नेपाली समयअनुसार साँझ ५ः४५ मा खेल शुरु हुनेछ।

नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो। जसमा नेपाल दुवैमा पराजित रहेको थियो।

थाइल्यान्डविरुद्धको आजको खेल नेपालका लागि तेस्रो हुनेछ। बैंककमा भएका ती दुई खेलमा नेपाल ३–० र २–१ ले पराजित रहेको थियो। त्यसमा नेपालका लागि एक गोल गर्ने खेलाडी मणि शाह रहेका छन्।

खेल अगाडि आयोजित प्री म्याचमा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डमा बटुल्न अनुभव एसिया कप छनोटका लागि निकै उपयोगी हुने बताएका छन्।

अल्मुताइरीले नेपाली टिम सम्हालेयता आफू पहिलो पल्ट थाइल्यान्ड आएका छन्। टिमको तयारीमा आफू सन्तुष्ट रहेको पनि बताए। यस्तै नेपाली टिमका कप्तान किरण लिम्बूले थाइल्यान्डको सामना गर्नेक्रममा एसिया कप छनोट अगाडि रहेका कमजोरी सुधार्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved