अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द

अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीले निरन्तर आवाज उठाउँदै आएका छन्।

नेपालभ्युज

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द

काठमाडौं। अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ। चौतर्फी दबाबपछि यसअघि छात्रालाई विद्यालय जान दिने गरेको निर्णय रद्ध भएको हो। निर्णय किन रद्द गरियो भन्ने बारेमा सरकारी अधिकारीले खुलाएका छैनन्।

सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन्। अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीले निरन्तर आवाज उठाउँदै आएका छन्।

दबाबका कारण तालिबान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका काम गर्न दिने निर्णय गरेको थियो। तर, तालिबान सरकार निर्णयबाट पछि हटेकोमा संयुक्त राष्ट्र सङ्घले आपत्ति जनाएको समाचार संस्था एएफपीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved