फाइनलिसिमा उपाधिका लागि अर्जेन्टिना र इटाली भिड्ने

नेपालभ्युज

फाइनलिसिमा उपाधिका लागि अर्जेन्टिना र इटाली भिड्ने

अर्जेन्टिना र इटालीबीच फुटबल प्रतियोगिता हुने भएको छ। युरोपेली च्याम्पियनसिप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच हुने खेललाई ‘फाइनलिसिमा’ नाम दिइएको छ। यो उपाधिका लागि १ जुन २०२२ मा लण्डनको वेम्बली स्टेडियममा खेल हुनेछ।

युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफए र दक्षिण अमेरिकी कन्मेबलबीच डिसेम्बर २०२१ मा भएको सम्झौता अनुसार खेल हुने भएको हो।

इटालीले गत वर्ष जुनमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो।

इटालीले टाइब्रेकरमा ३-२ को जित हासिल गरेको थियो। लगत्तै जुलाई २०२१ मा अर्जेन्टिनाले साविक विजेता ब्राजिललाई हराएको थियो। अर्जेन्टिनाले १-० ले फाइनल जित्दा कप्तान लिओनेल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved