विश्व पानी दिवसः हेटौंडामा दैनिक एक करोड ८२ लाख लिटरभन्दा बढी पानी वितरण

नेपालभ्युज

विश्व पानी दिवसः हेटौंडामा दैनिक एक करोड ८२ लाख लिटरभन्दा बढी पानी वितरण

हेटौंडा। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक रूपमा एक करोड ८२ लाख लिटर भन्दा बढी पानी वितरण गरीरहेको दाबी गरेको छ।

हेटौंडा उपमहानगरपालिकामा दैनिक रूपमा एक करोड ८२ लाख लिटरभन्दा बढी पानी वितरण गरिरहेको हेटौंडा खानेपानी व्यवस्थापन र्बोडका प्रमुख सुदर्शन ढकालले जानकारी दिए। र्बोडले हाल २१ हजार सात सय ५० वटा धारा मार्फत एक लाख ४५ हजार भन्दा बढी स्थानीय लाभान्वित हुनेगरी पानी वितरण गरिरहेको हो।

सन् २०३० सम्ममा सबैका लागि पानी सहज तरिकाले पुर्‍याउने योजना रहेको ढकालले बताए। “हामीले हेटौंडा उपमहानरपालिकाका सबै घरमा सहज तरिकाले पानी पुर्‍याउने योजना बनाएका छौं,” उनले भने, “यो लक्ष्य पूरा गर्न बोर्डले वार्षिक रूपमा खानेपानीको श्रोत व्यवस्थापन र पानी भण्डारण क्षमता बढाउने काम गरिरहेको छ।”

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो सेवा क्षेत्रभन्दा बाहिर नगरका विकट स्थानहरूमा समेत काम गरिरहेको ढकालले दाबी गरेका छन्। “हामीले हेटौंडा उपमहानगरपालिका संगको सहकार्यमा उपभोक्ता समितिहरूबाट संचालित खानेपानी योजनाहरू लगायत खानेपानीबाट बञ्चित नगरबासीहरूलाई वडा कार्यालय र हेटौंडा उपमहानगरपालिको सिफारिस पत्रको आधारमा आवश्यकताअनुसार पाइप उपलब्ध गराउँदै आएका छौं,” उनले भने, “खानेपानीको सेवा सविस्तारका लागि हामीले धेरै योजना ल्याएका छौं।”

बोर्डले दैनिक एक करोड ८२ लाख लिटर पानी वितरण गरेपनि हेटौंडाका लागि यो नै पर्याप्त भने छैन। दिउँसोको समयमा पानी नआउँदा समस्या हुने गरेका स्थानीयहरूले गुनासो गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved