मन्त्रिपरिषद् हेरफेर हुन सक्छः प्रचण्ड

नेपालभ्युज

मन्त्रिपरिषद् हेरफेर हुन सक्छः प्रचण्ड

जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने बताएका छन्।

नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न आज जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानीमा भने, “मन्त्रिपरिषदमा हेरफेरको कुराचाहिँ चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको चाहिँ छैन, सम्भावनाचाहिँ छ।”

उनले केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेको र केही नयाँ आउने सम्भावनासमेत भएको बताए। उनले मन्त्रालय हेरफेर सम्बन्धमा प्रधानमन्त्री देउवालाई गठबन्धनका लागि सबैभन्दा ठूलो त्याग माओवादीले गरेको भन्ने कुरा आफूले राखेको बताए।

अध्यक्ष प्रचण्डले अब बस्ने सांसद बैठकबाट नागरिकता विधेयक पारित हुने जानकारी समेत दिए।

उनले लामोसमयदेखि नागरिकता विधेयक संसदमा अड्किएको हुँदा लाखौं जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकताबाट वञ्चित रहेका भन्दै विधेयक पारित गराउन आवश्यक रहेकाले पारित गरिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved