सीजी उन्नति कल्चरल भिलेजमा ‘उन्नति मेला’ सम्पन्न

नेपालभ्युज

सीजी उन्नति कल्चरल भिलेजमा ‘उन्नति मेला’ सम्पन्न

चितवन। नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका हर्कपुरस्थित सीजी उन्नति कल्चरल भिलेजले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरेको अवसरमा ‘उन्नति मेला’ आयोजना गरेको छ।

कला, संस्कृति, साहित्य र खानाको समिश्रण रहेको मेलामा पन्चेबाजाको संगीत, मगर र थारु नाच र स्थानीय कलाकारहरुको प्रस्तुती थियो। स्थानीय महिला र विभिन्न समुदायका हस्तकला र सिर्जनाहरु प्रदर्शनमा राखिएको मेलामा कलाकारहरु, संस्कृति एवं कला प्रेमीलगायत उत्साही सर्वसाधारणहरुको जमघट थियो।

उन्नति कल्चरल भिलेज चौधरी फाउण्डेनको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संचालित छ। यो कला, संस्कृति, साहित्य र संगीतको प्रवर्द्धनमा क्रियाशिल छ।उन्नतिले आफ्ना गतिविधि तथा कार्यक्रमहरुलाई आगामी दिनमा सातवटै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको छ।

फागुन २८ गते दिप प्रज्वलनबाट मेलाको शुभारम्भ गरेका गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले कला, संस्कृति र साहित्यलाई उद्यमशीलता र रोजगारीसंग जोड्नुपर्ने आवश्यकता औँल्याए।

उनले आफ्नो मन्त्रालय त्यसमा निजि संघ संस्थाहरुसंगपनि सहकार्य गर्न तयार रहेको पनि जानकारी दिए। उक्त अवसरमा गैंडाकोट नगरपालिका नगरप्रमुख चन्द्रराज पौडेलले परम्परागत जीविकोपार्जनको महत्वबारे जोड दिदै मौलिक कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि जनस्तरबाटै लाग्नुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए।

उनले उन्नति कल्चरल भिलेजले आफ्नो स्थापनाको छोटो समयमानै स्थानिय मौलिक कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए। चौधरी फाउण्डेसनकी निर्देशक सुरभी चौधरीले भिलेजको उदेश्य अनुरुप सातै प्रदेशमा नमुना सांस्कृतिक घर निकट भविष्यमा नै निर्माण गरिने बताइन्।

सो अवसरमा सिटीईभीटीका प्रमुख प्रमोद आचार्यले साना उद्यमी र व्यवसायी उत्पादन गर्नकालागि आफ्नो संस्थाले चौधरी फाउण्डेसनसँग सहकार्य गर्न तयार रहेको बताए। कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, वरिष्ठ कलाकार गोपाल कलाप्रेमीलगायतको उपस्थिति थियो।

चौधरी फाउण्डेसनका प्रबन्ध निर्देशक राहुल चौधरीले आगामी दिनमा फाउण्डेसनले यस्ता कार्यक्रम जारी राख्ने बताए। मेलाका अवसरमा चौधरी फाउण्डेसन र भिक्कु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभबीच स्थानीय कला, संस्कृत र सिपको विकास गर्दै स्थानीयको स्तर उन्नति गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

मेलामा करियर कार्यशाला र आर्ट कार्यशालाको पनि आयोजना गरिएको थियो। सोही अवसरमा भविष्यमा कला प्रदर्शनीलगायतका विभिन्न कार्यक्रम आयोजना गर्नकालागि निर्माण गरिएको ‘कला दीर्घ’को उद्घाटन गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved