दक्षिण एशियाली क्रस कन्ट्री एथलेटिक्समा सहभागी हुन नेपाली टिम आज नागाल्यान्ड जाँदै

नेपालभ्युज

दक्षिण एशियाली क्रस कन्ट्री एथलेटिक्समा सहभागी हुन नेपाली टिम आज नागाल्यान्ड जाँदै

काठमाडौं । दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज भारतको नागाल्यान्ड प्रस्थान गर्दैछ। चैत १२ गते हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३–३ तथा जुनियरमा ३–३ पुरुष-महिला गरी १२ खेलाडी सहभागी हुने छन्।

सिनियरको पुरुषमा मुकेशबहादुर पाल, सन्तोषनाथ योगी र सन्तोषविक्रम विष्ट तथा महिलामा राजपुरा पछाईं, फुलमति राना र बन्दना बुढा रहेका छन्। उनीहरुले १० किलोमिटर दूरीमा व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्।

जुनियरको पुरुषमा बादल कार्की, अतुल गोरिया र दीपेन्द्र बोहरा तथा महिलामा समिता बुढा, राममाया कार्की र विमला कार्की छन्। खेलाडीले टिम र व्यक्तिगत स्पर्धामा खेल्ने छन्। पुरुषको ८ किलोमिटर र महिलाको ६ किलोमिटर दूरीमा खेल हुने छ।

अफिसियलमा नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट र प्रशिक्षकमा कान्ती यादव छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved