ताप्लेजुङ। ताप्लेजुङको सिनाममा अवस्थित श्री सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन सोमबार गरिएको छ।
भारत सरकारको सहयोगमा निर्माग गरिएको यो विद्यालयको उद्धघाटन एमाले नेता योगेश भटराई, संविधानसभाका पूर्वसभासद् भुपेन्द्र थेवे र भारतीय राजदूतावासका प्रथम सचिव श्री रोहित मिश्राले संयुक्त रूपमा गरेका छन्।
उद्घाटन कार्यक्रमामा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय समुदायका अगुवा, शिक्षक–शिक्षिका, अभिभावक, छात्र–छात्रा लगायतको उपस्थिति थियो।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्ये एक हो।
‘भारत-नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल ३ करोड १० लाखको लागतमा दुई तले भवनको निर्माण भएको हो।
सन् १९५० मा स्थापना भएको यस विद्यालयमा हाल १६०० जना विद्यार्थी अध्ययनरत छन्।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन्।
तीमध्ये ताप्लेजुङका २ गरी प्रदेश १ मा ७८ वटा छन्। यसका अतिरिक्त भारत सरकारले ताप्लेजुङ जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ।
Facebook Comment
Comment