व्यवसायीको हत्या गर्न सुपारी दिएको आरोप लागेका लेखा अधिकृत पक्राउ

सर्लाहीको बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेल पक्राउ परेका छन्। हरिवन निवासी व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न सुपारी दिएको आरोपमा उनी पक्राउ परेका हुन्।

नेपालभ्युज

व्यवसायीको हत्या गर्न सुपारी दिएको आरोप लागेका लेखा अधिकृत पक्राउ

काठमाडौं। सर्लाहीको बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेल पक्राउ परेका छन्। हरिवन निवासी व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न सुपारी दिएको आरोपमा उनी पक्राउ परेका हुन्।

पोखरेल आइतबार म्याग्दीबाट पक्राउ परेका हुन्। हरिवन नगरपालिका–९ नोचा निवासी ५० वर्षीय पोखरेललाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले म्याग्दीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए।

अभियुक्त पोखरेललाई राती नै म्याग्दीबाट सर्लाहीतर्फ पठाइएको र सोमबार सदरमुकाम मलंगवा ल्याइपुर्‍याउने  प्रहरीले जनाएको छ। 

गत पुस २२ गते जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि लेखा अधिकृत फरार भएका थिए । लेखा अधिकृत पोखरेलको योजनामा आफूलाई गोली हान्न हरिवनसम्म ३ जना भारतीय सुटर ल्याएको भन्दै व्यवसायी रायमाझीले जिल्ला प्रहरी कार्यालय मलंगवामा जाहेरी दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved