शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर शंकर शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। शर्मालाई आइतबार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपालभ्युज

शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर शंकर शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। शर्मालाई आइतबार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले शर्मालाई राजदूत सिफारिस गरेको थियो। तीन महिनापछि गत साता भारतले शर्माको एग्रिमो पठाएको थियो। तत्कालीन राजदूत नीलाम्बर आचार्यलाई फिर्ता बोलाएपछि केही महिनादेखि नयाँदिल्लीस्थित नेपाली राजदूतावास राजदूतविहीन थियो।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मङ्सिर २४ गते परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved