सुर्खेत। कर्णाली प्रदेश सरकारले छोरी बुहारीलाई शिक्षामा पहुँच पुर्याउने उद्देश्यका साथ आर्थिक वर्ष ०७५\७६ बाट ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको थियो।
प्राविधिक शिक्षाका लागि छात्रवृत्ति पाएका ती विद्यार्थीबारे अहिले पनि कर्णाली प्रदेश सरकार बेखबर भएको छ। ‘छोरी बुहारी छात्रवृत्ति’ पाएकालाई कर्णाली प्रदेश सरकारले अनिवार्य तीन वर्षे प्रदेश सरकारको सेवा गर्नुपर्ने कार्यविधि बनाएर छात्रवृत्ति दिएका थियो।
अहिले ती छात्रवृत्ति पाएका विद्यार्थीको अवस्थाबारे कर्णाली प्रदेश सरकारले कुनै चासो देखाएको छैन। सरकारले कार्यक्रमअन्तर्गत आव ०७५/७६ मा एक सय ५२, आव ०७६/७७ मा एक सय ६६ र आव ०७७/७८ मा एक सय ३० जनालाई छात्रवृत्ति दिएको थियो।
आव ०७५/७६ मा यो कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति एक लाख २६ हजार, आव ०७६/७७ मा प्रतिव्यक्ति एक लाख २६ हजार र आव ०७७/७८ मा प्रतिव्यक्ति एक एक लाखका दरले छात्रवृत्ति दिएको थियो।
कर्णाली सरकारले ‘छोरी बुहारी’लाई प्राविधिक शिक्षाका लागि चार करोड रुपैयाँ बढी छात्रवृत्तिमा खर्च गरिसकेको छ। तर, त्यो छात्रवृत्ति पाएका पहिलो व्याजका विद्यार्थी ९०७५/७६० प्राविधिक कक्षा उत्तीर्ण गरिसकेका छन्। उनीहरू कहाँ छन्, के गर्दैछन रु रोजगारीको अवस्था के छ रु भन्नेबारेमा सरकारले कुनै चासो लिएको छैन।
कर्णाली सरकारले ‘छोरी बुहारी’लाई प्राविधिक शिक्षाका लागि छात्रवृत्ति लिएका विद्यार्थीको खोजी गरिने कर्णाली प्रदेश शिक्षा निर्देशनालय सुर्खेतका निमित्त कार्यालय प्रमुख दीपा हमालले बताइन्।
”अब को विद्यार्थी, कहाँ के गरिरहेका छन् रु भनेर खोजिने छ। हरेक जिल्लामा जान सम्भव छैन। छात्रवृत्ति पाएकामध्ये स्याम्पलिङ गर्दै आवश्यक खबर गर्छौं, खोजी गर्छौं”, उनले भनिन्, ”यो छात्रवृत्तिभन्दा पनि प्रोत्साहन रकमका रूपमा वितरण भइरहेको हो।”
Facebook Comment
Comment