कागज र मसी सकिएपछि श्रीलंकाका लाखौं विद्यार्थी परीक्षाबाट वञ्चित

नेपालभ्युज

कागज र मसी सकिएपछि श्रीलंकाका लाखौं विद्यार्थी परीक्षाबाट वञ्चित

परीक्षाका लागि शैक्षिक बोर्डमा कागज र मसी सकिएपछि श्रीलंकाका लाखौं विद्यार्थीको भविष्य खतरामा परेको छ।

प्रश्नपत्र छाप्न नपाएपछि विद्यार्थीहरू परीक्षाबाट वञ्चित भएका हुन्। कागज र मसी आयात गर्न हजारौं डलर आवश्यक पर्ने भएको छ। त्यहाँको सरकारको कोष पूरै खाली हुने अवस्था देखिएपछि जसका परीक्षा रद्द गरिएको हो भारतीय पत्रिका भाष्करले लेखेको छ।

सरकारले अर्को आदेश नभएसम्मका लागि परीक्षा स्थगित गरेको बताए पनि छिट्टै विदेशी मुद्रा आउने आशा नभएकाले परीक्षा सञ्चालन गर्न कठिन भएको जनाएको छ। समयतालिका अनुसार सोमबारदेखि परीक्षा शुरु हुने शिक्षा अधिकारीहरूले बताएका छन्। सन् १९४९ मा श्रीलंका स्वतन्त्र भएपछि देशमा कुनै पनि परीक्षा रद्द गरिएको यो पहिलो पटक हो।

शिक्षा विभागले प्रधानाध्यापकको नाममा जारी गरेको आदेशमा भनिएको छ- हामीसँग विदेशी मुद्रा छैन। त्यसैले छाप्ने कागज र मसी आयात गर्न पाइँदैन। त्यसैले अर्को आदेश नभएसम्मका लागि परीक्षा स्थगित गरिएको छ। जसका कारण ४५ लाख विद्यार्थीले परीक्षा दिन पाउने छैनन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved