ह्याप्पिनेस रिपोर्ट २०२२ : दक्षिण एशियामा नेपाल पहिलो, समग्रमा फिनल्यान्ड

सामाजिक/आर्थिक तथ्याङ्क तथा मानिसहरूको खुसी हुने स्वभावलाई चित्रण गरेर विगत १० वर्षदेखि यो तथ्याङ्क निकाल्ने गरिएको छ। स्वस्थ जीवन, औसत आयु, जिडिपी, संकटग्रस्त समयमा सामाजिक सहयोग, कम भ्रस्टाचार, उच्च सामाजिक विश्वास, सामाजिक सद्भाव, स्वतन्त्रतालगायत कुरालाई आधार मानेर यस्तो रिपोर्ट सार्वजनिक गर्ने गरिएको छ।

नेपालभ्युज

ह्याप्पिनेस रिपोर्ट २०२२ : दक्षिण एशियामा नेपाल पहिलो, समग्रमा फिनल्यान्ड

काठमाडौं । संयुक्त राष्ट्रसंघको वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ सार्वजनिक भएको छ। जहाँ लगातार पाँचौ वर्ष फिनल्यान्ड पहिलो नम्बरमा छ।

दक्षिण एशियाली मुलुकमध्ये नेपाल पहिलो स्थानमा छ। समग्रमा नेपाल ८४ औं स्थानमा छ, यसअघि गत वर्ष नेपाल ८८ औं स्थानमा थियो।
सूचीमा बंगलादेश ९४, पाकिस्तान १ सय २१, श्रीलंका १ सय २७ र छिमेकी भारत १ सय ३६ नम्बरमा छन्। १ सय ४६ वटा राष्ट्रको यस सूचीमा माल्दिभ्स र भूटानको नाम भने समावेश छैन। अफगानिस्तान पुछारमा अर्थात् १ सय ४६ औं नम्बरमा छ।
शुक्रबार सार्वजनिक रिपोर्टअनुसार पहिलो नम्बरमा फिनल्यान्ड कायमै छ। फिनल्यान्ड लगातार पाँचौ वर्ष विश्वकै खुसी देश घोषित भएको हो।
सामाजिक/ आर्थिक तथ्याङ्क तथा मानिसहरूको खुसी हुने स्वभावलाई चित्रण गरेर विगत १० वर्षदेखि यो तथ्याङ्क निकाल्ने गरिएको छ।
स्वस्थ जीवन, औसत आयु, जिडिपी, संकटग्रस्त समयमा सामाजिक सहयोग, कम भ्रस्टाचार, उच्च सामाजिक विश्वास, सामाजिक सद्भाव, स्वतन्त्रतालगायत कुरालाई आधार मानेर यस्तो रिपोर्ट सार्वजनिक गर्ने गरिएको छ।

२० वटा सर्वाधिक खुसी देश यसप्रकार छन् : फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विचरल्यान्ड, नेदरल्यान्डस्, लक्जम्वर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड, अस्ट्रिया, अस्ट्रेलिया, आयरल्यान्ड, जर्मनी, क्यानेडा, अमेरिका, बेलायत, चेक गणतन्त्र, बेल्जियम, फ्रान्स ।

पुछारमा रहेका १० देश यी हुन् : जाम्बिया, मालावी, तान्जानिया, सियरा लियोन, लेसोथो, बोत्सवाना, रुवान्डा, जिम्बाबे, लेबनान र अफगानिस्तान।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved