नेटोको अभ्यासका क्रममा नर्वेमा अमेरिकाको सैनिक विमान दुर्घटना

नेपालभ्युज

नेटोको अभ्यासका क्रममा नर्वेमा अमेरिकाको सैनिक विमान दुर्घटना
एम भी २२ ओस्प्रे विमान/ फाइल तस्वीर ।

एजेन्सी । उत्तरी नर्वेमा सैन्य अभ्यास गर्दै गरेको अमेरिकी सेनाको विमान दुर्घटनामा परेको छ। यस विमानमा चारजना सवार थिए।
‘‘हामीले विमान दुर्घटनामा परेको पत्ता लगायौं। मानिस बाँचेको कुनै संकेत देखिएन,’’ स्टाफ बेन्ट इलर्टसेनका नोर्डल्यान्ड प्रहरी प्रमुखले रोयटर्ससँग भनेका छन्।

एम भी २२ बी ओस्प्रे नामको यो एयरक्राफ्ट अमेरिकीस्थल सेनाको हो। हराउनुअघि यो विमान कोल्ड रेस्पोन्स नामक नेटो सैन्य अभ्यासमा प्रयोग गइरहेको थियो।

खराब मौसम र पहिरोको जोखिमका कारण उद्धारका लागि गएको एयरक्राफ्ट ल्यान्ड गर्न असफल भएको पनि उनले बताए। कोल्ड रेस्पोन्स ड्रिल्स २०२२ मार्च १४ देखि नर्वेमा शुरू भएको नेटो सैनिकहरूको अभ्यास हो। यसमा २७ देशका ३० हजार सैनिक सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved