अमेरिका-चीन वार्ता : रूसलाई सहयोग नगर्न राष्ट्रपति बाइडेनको चेतावनी

नेपालभ्युज

अमेरिका-चीन वार्ता : रूसलाई सहयोग नगर्न राष्ट्रपति बाइडेनको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसलाई सैन्य सहयोग नगर्न चीनलाई चेतावनी दिएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको १ सय १० मिनेट लामो टेलिफोन वार्ताका क्रममा बाइडेनले यस्तो धम्की दिएका हुन्।

यसअघि रूसले युक्रेन युद्धका लागि चीनसँग हतियार सहयोग मागेको अमेरिकी गुप्तचर अधिकारीहरूले बताएका थिए। तर, चीनले यसलाई खण्डन गर्दै आएको छ।

बाइडेनसँगको वार्ताका क्रममा सीले रूस–युक्रेनबीचको वार्तालाई सबै पक्षले सहयोग गर्नुपर्ने बताएका छन्। उनले दुई देशबीच संवादकै माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने बताए। रूसले युक्रेनमा हमला गरेको तीन साताभन्दा धेरै समय बितिसकेको छ। यस अवधिमा ६५ लाख जनसंख्या अन्तरिक रूपमा बिस्थापित भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

युक्रेनमा रूसले हमला गरेयता अमेरिका, बेलायत, फ्रान्सलगायत पश्चिमा शक्तिहरूले रूसमाथि कडाखाले आर्थिक प्रतिबन्ध लगाएका छन्। त्यस्तै, रूसले पनि आफ्नो देशबाट युरोपमा निर्यात हुने सामाग्रीहरू पठाउन छाडेको छ। उसले विभिन्न देशमा रहेका आफ्नो दूतावास बन्द गरिसकेको छ।

रूसलाई सैन्य सहयोग गर्ने राष्ट्रमाथि पनि यस्तै प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved