ओली सरकारले गरेको नियुक्तिविरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’मा

नेपालभ्युज

ओली सरकारले गरेको नियुक्तिविरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’मा
फाइल तस्वीर

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा बुधबारका लागि राखिएको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुँदाँहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा बुधबारका लागि तय भएको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेको विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमाथिको सुनुवाइ आजदेखि शुरु भएको थियो।

यसअघि गत २७ भदौमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved