सिरानीमुनि पैसा लुकाएर राखिएको छ, यसको खोजीमा लागेको छुः मन्त्री शर्मा

नेपालभ्युज

सिरानीमुनि पैसा लुकाएर राखिएको छ, यसको खोजीमा लागेको छुः मन्त्री शर्मा

काठमाडौं। घरमै पैसा लुकाएर राख्दा बजारमा तरलता अभाव सिर्जना भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

शुक्रबार नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवमा मन्त्री शर्माले व्यक्तिले संस्थाले घरमै पैसा राख्दा समस्या आएको बताए। त्यस्तो पैसा आफूले खोज्न थालेको समेत उनले बताए। “पुँजी कतै हराइरहेको छ। आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ? कतै सिरानीमुनी र ओछ्यानमुनि त बन्द छैन ? उनले भने, “यसको खोजीमा म लागेको छु।”

क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्ड लगायत नयाँ प्रविधिका कारण पनि पुँजी पलायन भइरहेको बताए। यसलाई रोक्न सरकारले संयन्त्र विकास गरेको पनि उनले जानकारी दिए।

पछिल्लो समय भने शोधानान्तरस्थिति सुधार हुन थालेको उनले बताए। मन्त्री शर्माले रेमिट्यान्सको एजेन्ट कमिसनदर कम गराउन पहल भइरहेको तथा रेमिट्यान्स बचतमा १ प्रतिशत ब्याजदर बढी दिएर आकर्षित गर्ने गरी गृहकार्यसमेत भएको बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved