भारत पन्जाबका नवनियुक्त मुख्यमन्त्री भगवन्त मानले बिहीबार आफ्नो सरकारको तर्फबाट पहिलो ठूलो घोषणा गर्दै राज्यलाई भ्रष्टाचारमुक्त बनाउने निर्णय गरेका छन्।
उनले घूस नदिने तर त्यसको कुनै अडिओ वा भिडिओ रेकर्ड गरी आफ्नो ह्वाट्सएप नम्बरमा तुरुन्त पठाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले भने, “मेरो कार्यालयले यसबारे छानबिन गरी भ्रष्टाचारीलाई कडा कारबाही गर्ने म आश्वासन दिन्छु।”
पञ्जाबमा अब भ्रष्टाचार चल्दैन। पञ्जाबमा भ्रष्टाचार नियन्त्रण गर्न भ्रष्टाचारविरोधी हेल्पलाइन नम्बर २३ मार्च, भगत सिंहको शहीद दिवसमा जारी गरिने जनाइएको छ। जुन उनको व्यक्तिगत व्हाट्सएप नम्बर हुनेछ। सरकार गठनपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि यस्तै अभियान शुरु गरेका थिए। जसलाई धेरैले समर्थन गरेका थिए। र दिल्लीमा भ्रष्टाचार समाप्तझैं भएको छ।
मुख्यमन्त्रीले मानले ९९ प्रतिशत कर्मचारी धेरै इमानदार भएकाले इमानदारिता र निष्ठाका साथ काम गर्ने भएकाले आफूले कुनै पदाधिकारी वा कर्मचारीलाई धम्की नदिने बताए। १ प्रतिशत मात्रै गलत र बेइमान कर्मचारी भएकाले कर्मचारीतन्त्र फोहोरी भएको उनले बताए। यस्ता १ प्रतिशत अधिकारी र कर्मचारीका कारण इमानदार कर्मचारीको बदनाम हुन नहुने पनि उनले बताए।
Facebook Comment
Comment